२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

धनुषामा बम बिस्पोट हुँदा इन्सेपेक्टर सहित तिन जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६


ABC (क्राईमबिट)
जनकपुर मंसिर २८ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक भएको बम विस्फाेटमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। गएराती भएको बिस्फोटमा घाइते भएका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रध्युम्नकुमार कार्कीले जानकारी दिए।
छिरेश्वरनाथ ५ धनुषाका स्थानीय ४६ वर्षका राजेश साहको घरमा अज्ञात समूहले राखेको बम बिस्फोट हुँदा साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएक थियो। प्रहरीका अनुसार गएराति मध्यरातमा बम विस्फाेट भएकाे हाे।
राति करिब पाैने १२ बजे राजेशले शाैचालय जाने क्रममा घरकाे गेटमा बम राखेकाे झाेला झुन्डाएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टाेलीआएर बम राखिएकाे झाेला निकाल्ने क्रममा विस्फाेट भएकाे बताइएकाे छ।
बम बिस्फोटमा परी नेपाल प्रहरीका प्रहरी जवान रिजन महतो पनि गम्भीर घाइते भएका छन्। मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो। घाइते सबैको उपचार भइरहेको डीआईजी कार्कीले बताए।
बिस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!