२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेकपा माओवादी केन्द्रका सांसदले प्रतिनिधि सभा बैठकमा जनयुद्धको पक्षमा नारा,

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भनेर आलोचना खेपिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसदले प्रतिनिधि सभा बैठकमा जनयुद्धको पक्षमा नारा लगाएकी छिन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद ज्ञानु बस्नेत सुवेदीले ‘जनयुद्ध जिन्दाबाद’ भन्दै नारा लगाएकी हुन् । साथै उनले प्रधानमन्त्री ओलीले जनयुद्धलाई हिंसा भनेर पश्चगामी बहस सुरु गरेको पनि बताइन् ।

‘जनयुद्ध दिवस आउन ३ दिन बाँकी रहेको समयमा प्रधानमन्त्रीबाट बिनाप्रसंग हिंसा भनेको सुन्नु परेको छ । संसद्मा पनि हिंसाको सुगा रटाइ गरिरहेका छन् । अहिले आएर जनयुद्धलाई हिंसा भनिएकोमा खेद व्यक्त गर्छु,’ बस्नेतले संसद्मा भनिन्, ‘भनिरहने छु, महान् जनयुद्ध जिन्दाबाद, जिन्दाबाद । लाल सलाम ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।