२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मंगलबार तपाईहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, माघ २९, २०८१

मेष :-आजको दिन उत्साहवर्धक रहनेछ। नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

वृष :-आजको दिनमा सामाजिक वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ।

मिथुन :-आज आम्दानीका स्रोतहरू बढ्नेछन्। चाहना पूरा गर्न धन खर्च हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी आफैं राख्नुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। 

कर्कट :-आज समय शुभ छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विगतको श्रमबाट राम्रै लाभ हुनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। 

सिंह:-आजको दिनमा अगाडि रोकिएका कामहरू प्रारम्भ हुनाले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ।

कन्या:-आज व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। विद्यार्थीहरूलाई विद्याको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ। 

तुला :-आज विदेशतिर जानेहरूलाई यात्राको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ, विशेषगरी बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक लेनदेनको लागि उपयुक्त समय पर्खिनुहोस्।

वृश्चिक :-आज साहस र पराक्रममा वृद्धि हुनेछ। व्यापार बढ्नाले आयस्रोत सबल रहनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। 

धनु :-आज धार्मिक यात्राको लागि योजना बन्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। वित्तीय वा सरकारी संस्थाबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन्। 

मकर :-आज नेटवर्किङ क्षेत्रमा नयाँ अवसरहरू मिल्दैछन्। सरकारी परीक्षाको तयारी गर्नुहुनेहरूको लागि समय उत्तम रहेको छ। पारिवारिक सम्बन्ध मजबुत हुनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा गरिएका कामहरूको धेरै प्रशंसा हुनेछ।

कुम्भ :-आज राजनीतिक क्षेत्रमा प्रभाव बढ्नको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा लगनशीलताले पदोन्नति योग रहेको छ। आकस्मिक धनलाभका योग छन्। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा बाणीका प्रभावले आफ्नो कार्य सम्पादन गर्न सक्नुहुनेछ।

मीन:-आजको दिनमा नयाँ कामको थालनी हुनेछ। परिवार तथा साथीभाइहरूबाट राम्रै सहयोग मिल्नेछ। सोचेको भन्दा पनि राम्रो सफलता हात पर्ने समय रहेको छ। बाणीमा संयम राख्नुहोस्। 

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद्
सचिव- नेपाल ज्यौतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!