२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

कानुन हातमा लिने प्रहरीमाथि कुटपिट गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने एसएसपी अधिकारी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ २९, २०८१

 

काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’

उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए।

गत बिहीबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो।

घटनामा संलग्न पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, तर जोशी भने उन्मुक्ति पाएका थिए।

आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परिसकेका छन्। अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत यी दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार पक्राउ परेका सिग्देल र फुलाराविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। पक्राउ पुर्जी जारी गरिएका अन्य तीन जना नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही अझै फरार छन्।

घटनाका क्रममा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए। दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टोली (क्यूआरटी) लाई जोशीसहितको समूहले आक्रमण गरेको थियो।

प्रहरीलाई सम्झाउन खोज्दा उनीहरू झनै उग्र बनेका थिए। दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरोसमेत प्रहार गरिएको खुलासा भएको छ। भिडिओ फुटेजमा जोशीले प्रहरीमाथि औंलो ठड्याउँदै चेतावनी दिएको देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!