२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

एआईजी टेक राईद्वारा ईप्रका सिसहनिया दाङको नव-निर्मित प्रहरी भवनको उद्घाटन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, माघ २९, २०८१

दाङ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित भवनकाे उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले  लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको स्थान र यहाँको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको बताए । उनले निकट भविस्यमा डिएसपीको नेतृत्व हुनेगरी अहिले प्रहरी निरिक्षकलाई खटाउने विश्वास दिलाए ।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले सडक दुर्घटना, लागुऔषध दुर्वेसन, यौनजन्य क्रियाकलाप, आत्महत्या जस्ता समस्यालाई निराकरण गर्न प्रहरीले आफ्नो भूमिकालाई प्राथमिकतामा राखेको बताए । उनले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको बताए । उनले प्रहरी संगठनको सशक्तीकरण र जनसुरक्षाका लागि सरकारले निरन्तर योगदान दिइरहेको उल्लेख गरे ।नयाँ भवन नेपाल सरकारको नियमित बजेटबाट निर्माण गरिएको हो । कार्यालय, ब्यारेक, संचार शाखा तथा प्रहरी प्रमुखको निवास रहेको यो भवन चार करोड ४८ लाख २५ हजार रुपैयाँको लागतमा तयार गरिएको छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्का सम्झौता भएको निर्माण कम्पनीले २०७९ मंसिर १३ गतेदेखि निर्माण कार्य सुरु गरी २०८१ साउन २७ गते सम्पन्न गरेको हो ।

कार्यालयभित्र प्रहरीका लागि आवश्यक सबै संरचनाहरू छन् । भवनको तल्लो भागमा

कार्यालयका लागि सात कोठा छन् । पहिलो तलामा प्रहरी कर्मचारीका लागि ब्यारेक बनाइएको छ, जसमा महिला प्रहरीका लागि छुट्टै शौचालय र स्नानगृहको व्यवस्था गरिएको छ। माथिल्लो तलामा प्रहरी प्रमुखको निवास, संचार शाखा तथा अन्य आवश्यक कोठाहरू छन्। साथै, छुट्टै भान्सा घर र शौचालयको निर्माण गरिएको छ ।

भवन उद्धाटन समारोहमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद लम्साल र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा ईलाका प्रहरी कार्यालयलाई जग्गा उपलब्ध गराउने जग्गादाताहरु र निर्माण व्यवसायलाई सम्मान समेत गरिएको थियो ।

उद्धाटन कार्यक्रममा प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, पत्रकार तथा स्थानीयको कार्यक्रममा उपस्थिति थियो । प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अम्मर माझीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!