२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बिरगंजमा बाख्राको मासुलाई खसीको अण्ड कोष टाँसेर विक्री गरिरहेका एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ३०, २०८१

 

पर्सा । बिरगंज प्रहरीले मङ्गलवार वीरगञ्ज महानगरपालिका १३ स्थित आसमिन फ्रेस हाउसमा बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर विक्री गरिरहेका एक अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – १३ निवासी ४१ वर्षीय हारून मियाँ अन्सारी रहेका छन् ।

स्थानीयहरूले गरेको गुनासोको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अन्सारीले सञ्चालन गरेको आसमिन फ्रेस हाउसमा पुगेर छानबिन गर्दा उनले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर विक्री गरिरहेको भेटिएको थियो ।

प्रहरीले अन्सारीसहित १५ किलोग्राम टाँसिएको मासु पनि नियन्त्रणमा लिएको जनाएको छ ।

मासुको कालो बजारी गरिरहेको आरोपमा अन्सारीविरुद्ध जिल्लाका प्रशासन कार्यालय पर्साबाट म्याद थप अनुमति लिई अनुसन्धान सुरु भएको प्रहरी प्रहरीले जनाएको छ ।

घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको र कालो बजारी विरुद्ध कडा कारबाही गरिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।