२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

६ महिनामा ८०९ जना प्रहरीले राजीनामा दिए तल्लो तहका प्रहरीमा भने निराशा बढ्दो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ३०, २०८१

 

काठमाडौं । नेपाल प्रहरीको माथिल्लो तहमा ३० वर्षे सेवावघि हटाएर जागिर लम्ब्याउने प्रयास भइरहँदा तल्लो तहका प्रहरीमा भने निराशा बढ्दो छ । पछिल्लो समय राजीनामाको संख्या ह्वात्तै बढेको छ ।

दिनमै १० जनासम्म प्रहरीले राजीनामा दिन थालेपछि प्रहरी प्रधान कार्यालयले कुनै पनि सुविधा कटौती नहुने भन्दै पटक–पटक सर्कुलर गर्नुपरेको छ । धेरैको राजीनामा रोकिएका छन् । साउनदेखि पुससम्मको ६ महिनामा ८०९ जनाले राजीनामा दिएका छन् । पुसमामा मात्र १७१ प्रहरीको राजीनामा स्वीकृत भएको छ । मंसिरमा १२७, कात्तिकमा २८३, असोजमा ४५, भदौमा ५८ र साउनमा १२५ जनाको राजीनामा स्वीकृत भएको थियो ।

माघमा राजीनामा लिएर आउने अझै बढेपछि गत साता मात्र प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीहरूले पाउने सेवा–सुविधामा कुनै पनि कटौतीनभएको व्यहोरा सम्पूर्ण प्रहरी कर्मचारीहरूमा जानकारीका लागि अनुरोध भन्दै’ सर्कुलर गरेको छ । प्रशासन महाशाखाले त राजीनामाको बढ्दो कारणबारे अध्ययनसमेत थालेको छ । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य अन्य अवसरका लागि प्रहरी अधिकारीले राजीनामा दिने गरेको र त्यो पहिलेदेखि नै कायम रहेको बताउँछन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनमा सेवा–सुविधाको कमी, अत्यधिक ड्युटी र सरुवा–बढुवामा निष्पक्ष निर्णय नहुने भएकाले राजीनामा दिने गरेको खुलेको छ । तर, तल्लो तहलाई सेवामा टिकाउने गरी सरकारले कुनै पहल गरेको छैन ।

अहिलेको अवस्था कस्तो छ भने जवानमा भर्ना भएका वरिष्ठ हवल्दार तथा असइमा भर्ना भएका वरिष्ठ सइबाटै अवकाशमा जाने अवस्था छ । तल्लो तहको यस्तो जाम खुलाउन पटक–पटक माग हुँदा पनि गृह मन्त्रालयले पहल गरेको छैन । बढुवाको जाम खुलाउन तल्लो तहका केही पदमा माथिल्लो तहमा मिलान गर्नुपर्ने आवाज उठेपनि तल्लो तहका प्रहरीका समस्या कसैले नसुन्ने गरेको उनीहरूको गुनासो छ । कतिसम्म भने सइबाट वरिष्ठ सइमा बढुवा गर्दा तलब दुई सय ६२ रुपैयाँ घटेकोमा तीन वर्षसम्म त्यो समायोजन समेत हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]