काठमाडौं । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर गृहमन्त्रीमन्त्री लेखकले छानबिन गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।
शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । गृहमन्त्रीमन्त्री लेखकले भने,‘घटनामा संलग्न जोसुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु । समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउन भनिसकेको छु ।’
केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुर्व्यवहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।