३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

बाँकेमा पुस २२ गतेदेखि वडा स्तरीय क्रीकेट हुदै

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

महेन्द्र सिंह बाँके मंसिर २८ नेपालगन्ज द ग्रुप अफ सिक्सटिन युथ क्लबले नेपालगन्जमा दोस्रो अन्तर वडा स्तरिय क्रीकेट प्रतियोगिताको आयोजना गर्दैछ । एमपी स्कूल ग्राउण्ड मा यही पौष २२ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका २३ वटै वडाको सहभागिता रहने छ । यो बर्ष पुरस्कार राशी बढाएर प्रथम हुनेलाई दुई लाख , द्वितीय हुनेलाई एक लाख, म्यान अफ दि सिरिजलाई पचास हजार र अन्यलाई बीस हजार तथा आकर्षक गिफ्ट प्रदान गरिने आयोजकले जनाएको छ । यो पटक लेदरको बलले खेलाईने र खेलको उद्घाटन र समापन समारोहमा स्थानिय सङ्गै राष्ट्रिय कलाकारहरुले सांगेतिक प्रस्तुति दिने आयोजकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]