२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

मेष :-प्रयत्न गर्दा पनि अवसरहरूको पूर्ण लाभ उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। 

वृष :-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्।
मिथुन :-नयाँ घर प्रवेश आदिका योग बनिरहेका छन्। घरमा मांगलिक कार्यमा धन खर्च हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। राज्यपक्ष वा सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। भौतिक सुख सुविधा जोड्ने समय रहेको छ। घरको मर्मत आदिमा धन खर्च हुनेछ।

कर्कट :-आर्थिक वा सामाजिक क्षेत्रमा हानिका योग छन्। भविष्यलाई लिएर नयाँ जग बसाउन सकिनेछ। वादविवादबाट टाढा रहने प्रयास गर्नुहोला। शत्रु पक्ष सक्रिय हुनाले मन अस्थिर हुन सक्छ। कार्यक्षेत्रमा झुठो आरोप लाग्न सक्छ। सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ। पारिवारिक उल्झनबाट निस्किन अलि समय लाग्ला। महत्वकांक्षी योजना कार्यान्वयन गर्न सकिनेछ।

सिंह :-विवाह आदिका योग बनिरहेका छन्। जीवन साथीसँग रमाइलो भ्रमणको पल बित्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवन साथीको साथ मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन उचित समय रहेको छ। कार्यक्षेत्रमा नयाँ परिस्थितिले नयाँ जिम्मेवारी मिल्नेछ। प्रशस्त धन वा बहुमूल्य धातु संग्रह गर्ने योग रहेको छ। 

कन्या :-आर्थिक दृष्टिले यो महिनामा खर्च धेरै रहनेछ। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा कानुनी समस्या आउनसक्ला। नयाँ फिल्म आदिमा सफलता हात लाग्नेछ। बैंकिंग वा मार्केटिंग क्षेत्रबाट मनग्य लाभ मिल्नेछ। नोकरीमा अपयस मिल्नाले मन अशान्त रहनेछ। विदेशतिर ताक्नेहरूलाई सफलता मिल्नेछ। 

तुला :-नयाँ कार्य थालनीको लागि बैंकबाट लोनको समस्या सुल्झीनेछ। पठनपाठनमा आलस्यले गर्दा शिक्षाको क्षेत्रमा समय कमजोर रहनेछ। नोकरीमा स्थान्तरणका योग छन्। व्यापार व्यवसायमा लाभ रहने छ। सन्तानको प्रगतिले मन हर्षित वा आनन्दित रहनेछ। सन्तानको सहयोग र साथ मिल्नेछ। गृहणीहरूको सौन्दर्यका सामानमा धन खर्च हुनेछ।

वृश्चिक :-महत्वकांक्षी योजना सम्पादन हुनाले मन आनन्दित र प्रफुल्लित रहनेछ। समाजमा इष्टमित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्यसम्पादन हुनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पुरानो मित्रहरूको भेटघाटले पुराना कुराहरू ताजा हुनेछन्। घरपरिवारमा मनमुटाव हुन सक्ला। पुरानो रोगले सताउन सक्छ। 

धनु :-पराक्रममा वृद्धि हुनेछ साथै नयाँ ठाँउमा आफ्नो योग्यतालाई जनाउन सकिनेछ। साहसी बन्नुहोस्, समयले साथ दिनेछ। आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ। नयाँ कामको थालनी हुनेछ। परिवार तथा साथीभाइहरूबाट राम्रै सहयोग मिल्नेछ। सोचेको भन्दा पनि राम्रो सफलता प्राप्त हुने समय रहेको छ। बाणीमा संयम राख्नुहोस्।

मकर :-नेटवर्किंग क्षेत्रमा नयाँ अवसरहरू मिल्दैछन्। सरकारी परीक्षाको तयारी गर्नु हुनेहरूको लागि समय उत्तम रहेको छ। पारिवारिक सम्बन्ध सवल रहनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा गरिएका कामहरूको धेरै प्रशंसा हुनेछ।

कुम्भ :-राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा लगनशीलताले पदोन्नतिको योग रहेको छ। बाणीका प्रभावले आफ्नो कार्य सम्पादन गर्न सक्नुहुनेछ। आकस्मिक धनलाभका योग छन्। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ।

मीन :-कार्यक्षेत्रमा नयाँ बाधाहरू आउनेछन्। सहकर्मीहरूबाट सावधान रहनुहोस्। मित्रबाट सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धन आउनाले मन खुसी रहनेछ। अनावश्यक खर्च हुन

ज्यौतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर जेसिस चोक क लाईन दाङ ।
फो नं :- 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]