२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

डीआईजी भट्टराईलाई एआईजीमा बढुवा गर्न एआईजी केसीलाई जबरजस्ती राजीनामा दिन दबाब,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

काठमाडौं । बढुवा भएको एक महिना नपुग्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार केसीले शुक्रबार नै राजीनामा दिएका हुन्।

उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत थिए। स्रोतका अनुसार कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई जबरजस्ती राजीनामा दिन दबाब दिइएको थियो। मिलेमतोमै एआईजी केसीले राजीनामा बुझाएको बताइएको छ।

उनको सेवा अवधि आगामी चैत ५ गतेसम्म रहेको भए पनि उनले समयअघि नै राजीनामा दिएका छन्। अब मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेपछि डीआईजी भट्टराईलाई बढुवा गरिनेछ।

गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवाका लागि निर्णय गरेको थियो। गत महिना रिक्त रहेका एआईजीका दुई पदमा कुबेर कडायत र रवीन्द्र केसीको बढुवा भएको थियो।

बढुवाका क्रममा तीव्र राजनीतिक चलखेल भएपछि प्रक्रिया केही दिन रोकिएको थियो। पछिल्लो समय, बढुवा प्रक्रियामा अनावश्यक हस्तक्षेप र चलखेल बढ्दै गएको भन्दै प्रहरी संगठनभित्र नै असन्तुष्टि देखिएको छ। एआईजीको पदमा पुग्दा पेन्सन र अन्य सुविधा बढी पाइने भएकाले छोटो समयका लागि भए पनि बढुवाको प्रवृत्ति हावी भइरहेको प्रहरी स्रोतको दाबी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!