२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको आईजीपी बसन्त कुँवरको पदावधि थप हुने नहुने विधेयक गम्भीर विवादमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

काठमाडौं । एक महिनापछि नेपाल प्रहरीको नेतृत्व फेरिने लगभग निश्चित भएको छ । संसदमा दर्ता भएको प्रहरी विधेयकमा ३० वर्षे सेवाहद हटाउनेसम्बन्धि प्रावधान भएपनि विधेयक तत्काल पास हुने सम्भावना छैन ।विधेयकमा ३० वर्षे सेवाहद हटेको वर्ष अवकाश हुने अधिकारीको पदावधि ६ महिना थप हुने प्रावधान छ । जसअनुसार ५ चैतअघि नै विधेयक आएमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको कार्यकाल थप हुन सक्थ्यो ।
तर, गम्भीर विवादमा परिसकेको विधेयक एक महिनामा पास हुने सम्भावना नभएपछि अब ५ चैतमा नेपाल प्रहरीले आईजीपी पाउने अवस्था देखिएको हो । आईजीपी कुँवरले अवकाशअघि नै बिदामा बस्न समेत चाहेका छन् । प्रहरी स्रोतका अनुसार मिलेसम्म एक महिनाअघि नै बिदा बस्ने इच्छा उनले देखाएका छन् ।
तर, उनले बिदा पाउने सम्भावना न्यून छ । त्यसका लागि एक महिनाअघि नै सरकारले कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ । आईजीपीकै ब्याचकालाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना छैन ।५ चैतमा आईजीपीका मुख्य दाबेदार एआईजी दिपक थापा हुन् । उनलाई सुदिप गिरी र टेकबहादुर तामाङले पनि चुनौती दिने तयारी गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!