३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

सुर्खेतमा अरुको नाममा प्रहरीको परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

महेन्द्र सिंह सुर्खेत मंसिर २९ सुर्खेतमा अरुका नाममा प्रहरी जवानको लिखित परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार भैइरहेको प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जनालाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको छ ।
प्रहरीले श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम परीक्षा केन्द्रबाट १६ जना, सुर्खेत शिक्षा क्याम्पसबाट ४ जना र इग्रब्रिज माविबाट २ जना पक्राउ गरेको ६. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी पुर्ण जोशीले अरुको नामबाट परीक्षा दिइरहेको बेलामा पक्राउ गरिएको जानकारी दिनुभयो । डिआइजी जोशीका अनुसार उनिहरु माथि थप
अनुसन्धान भइरहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]