२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ र अर्घाखाँची जोड्ने पक्की पुल निर्माण भएपनि पुरा सडक निर्माण नहुदा स्थानीयहरु चिन्तित

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

दाङ । संघीय सरकारको बजेटबाट राप्ती नदीमा पक्कि पुल बनेपनि त्यो पुलमा जोड्ने सडकको निकास नहुँदा समस्या परेको हो ।

स्थानीय जग्गाधनीले सडकका लागि निकास नदिंदा समस्या परेपछी सुल्झाउने प्रयास गरिएको छ । दाङको राप्ती गाउँपालिका–१ शान्तिपुर र अर्घाखाँचीको सितगङ्गा नगरपालिका–८ बेलौते बडीदमार जोड्ने मोटर बाटोको विवाद समाधानको प्रयास थालिएको हो ।

यो सडक खण्डमा निर्माण भएको पक्कि पुल समेत पूर्णरुपमा प्रयोगमा आउन सकेको छैन् । पुल बनिसक्दा पनि सडकको टुंगो नलाग्दा समस्या भएको हो ।

समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीको तहबाट समेत पहल गरिएको छ । स्थलगत रुपमा पुगेर समस्या समाधानको पहल गरिएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहितको टोलीले सम्वन्धित स्थानीयसँग छलफल गरेको छ । पुल निर्माण गर्ने बेलामा ख्याल नगर्दा अहिले समस्या परेको भनाई छ ।

पुलसम्म जाने सडक निकाल्न सकिएको छैन् । जग्गा भोग चलन गर्दै आएका व्यक्तिहरुले अडान राखेकै कारण समस्या परेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

समस्या समाधानकालागि भइरहेका प्रयासलाई सार्थक बनाउनेगरी सरोकारवाला पक्षले भूमिका बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!