२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आईजीपी बसन्त कुँवर अवकाश अघि नै बिदामा बस्दै भावी आईजिपीको दाबेदार को को ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्।

तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ।

५ चैतमा को बन्नेछन् नेपाल प्रहरीका नयाँ आईजीपी?

उनको अवकाशको मिति नजिकिदै गर्दा प्रहरीमा नयाँनेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ।नयाँ नेतृत्वकालागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)बिचप्रतिस्पर्धा छ ।

जसमा दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् ।एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रतामाङ अपराध अनुसन्धान विभागमा कार्यरतछन् ।

उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । कार्यक्षमतामा पनि अब्बल रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको छ ।

एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध छ। उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन् । एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् ।

अहिलेकै प्रावधान अुनसार उनीहरुमध्ये बाट ६ महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन् ।अर्कोतर्फ ३० वर्षेसेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।