२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आईजीपी बसन्त कुँवर अवकाश अघि नै बिदामा बस्दै भावी आईजिपीको दाबेदार को को ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०१, २०८१

 

काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्।

तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ।

५ चैतमा को बन्नेछन् नेपाल प्रहरीका नयाँ आईजीपी?

उनको अवकाशको मिति नजिकिदै गर्दा प्रहरीमा नयाँनेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ।नयाँ नेतृत्वकालागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)बिचप्रतिस्पर्धा छ ।

जसमा दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् ।एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रतामाङ अपराध अनुसन्धान विभागमा कार्यरतछन् ।

उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । कार्यक्षमतामा पनि अब्बल रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको छ ।

एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध छ। उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन् । एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् ।

अहिलेकै प्रावधान अुनसार उनीहरुमध्ये बाट ६ महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन् ।अर्कोतर्फ ३० वर्षेसेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!