२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतमा बेचिएकी एक महिलाको प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा उद्घार,३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०८१

दाङ । घोराही उपमहानगरपालिका–१५ बस्ने राजेश नेपाली र राधा पाण्डे तथा भारतको ईमिलिया मकुनहवाबाट रामनिवास मौर्यालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङले माघ महिनाभर जिल्ला प्रहरी कार्यालय र मातहतमा रहेको प्रहरी इकाईबाट सम्पादन भएका कामबारे जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीले मानव बेचबिखनको सुचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक कालिका कार्कीको कमान्डमा खटिएको टोलिले बेचिएकी महिलालाई उद्दार गर्न सफल भयो भने घटनामा संलग्न व्यक्तिलाई कानुनी कठघरामा उभ्याउन सफल भयो। प्रहरीका अनुसार, राजेश र राधा श्रीमान श्रीमती हुन् भने मौर्या महिला किन्ने व्यक्ति हुन्। ती महिलालाई भारतमा लगेर उनीहरुले ३५ हजार भारतीय रुपैयाँमा मौर्यालाई बिक्री गरेका थिए। माघ ४ गते राजेश र राधाले कृष्णनगर किनमेल गर्न भन्दै लगेको अवस्थामा कृष्णनगरको बाटो हुँदै भारतको ललिया ईमिलिया मकुनहवा भन्ने स्थानमा लगेर दाङकी २३ वर्षकी एक महिलालाई बेचेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार इलाका प्रहरी कार्यालय गढवा प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले भारत प्रहरीको सहयोगमा नियन्त्रणमा आावश्यक कारवाही अघि बढाईएको जानकारी दिए। माघ ४ गते छोरी हराएको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा खोजतलास अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालयबाट ७ गते परिपत्र भएपछि खटिएको प्रहरीको भारतीय सुरक्षा निकायको सहयोगमा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरिक्षक कार्कीले बताइन्। भारतबाट बेचिएकी भनिएकी महिलाले नेपालमा आफन्तलाई सम्पर्क गरी आफु बेचिएको खबर गरेपछि भारतीय सुरक्षा निकायसँगको सहयोगमा अभियुक्तलाई पक्राउ गर्न सहज भएको उनको भनाइ छ।

भारतको बलरामपुर प्रहरीसँग समन्वय गरेर ललिया ईमिलिया मकुनहवा भन्ने स्थानमा रहेको ४९ वर्षका रामनिवास मौर्यालाई माघ १६ गते नियन्त्रणमा लिएको थियो। विवाह गरेर राख्ने भन्दै बिक्रि गरेको अवस्थामा महिलाको उद्धार गरेर नेपाल ल्याईएको र ललाईफकाई बिक्रि गर्ने राजेश र राधालाई १७ गते घोराही १५ बाट नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अघि बढाईएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। पक्राउ परेको तीन जनालाई मानव बेचबिखन कसुरमा मुद्धा चलाई अहिले थप अनुसन्धान अघि बढाईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]