२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

धमलाविरुद्ध प्रहरीमा चेक बाउन्सको जाहेरी प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०८१

काठमाडौं । प्राइम टेलिभिजनका सञ्चालक तथा जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता एवं रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाविरुद्ध चेक बाउन्समा प्रहरीमा जाहेरी परेको छ ।

बालाजुका राजन गिरी नामका व्यवसायीले सापटी बापत ४० लाख रकम धमला र उनले भनेका व्यक्तिका नाममा डिपोजिट गरिदिएका थिए । तर, गिरीले पटक–पटक ताकेता गर्दापनि धमलाले उक्त रकम फिर्ता नगरी चेक दिएका थिए ।

धमलाले गत असार १० गतेको मिति राखेर दिएको ४० लाखको चेक नसाटिएपछि गिरी प्रहरीकहाँ पुगेका हुन् ।

धमलाको एनआईसी एशिया बैंकको सिनामंगल शाखाको चेक तीन पटकसम्म बाउन्स गरी गिरीले बैंकिङ कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा माघ १८ गते जाहेरी दिएका छन् ।

जाहेरी परेपछि प्रहरीले उनीविरुद्ध कारबाही प्रकृया अगाडि बढाएको छ । प्रहरीले धमलालाई फोन गरेर चेक बाउन्सबारे सोधखोज गरेको परिसरका एक अधिकारीले बताएका छन् ।

गिरीले बालाजुस्थित प्रभु बैंकमा धमलाका पीए ध्रुबको नाममा १५ लाख, धमलाले नै भनेका अर्का व्यक्ति केशरको नाममा १८ लाख र धमलापत्नी एलिजाको नाममा पटकपटक गरी ७ लाख गरी ४० लाख रुपैयाँ दिएका थिए ।

यसअघि पनि धमलाविरुद्ध केही पीडितहरुले विदेश पठाउने नाममा रकम लिएर फिर्ता नगरेको भन्दै मिडियामा अन्तर्वार्ता नै दिएका थिए ।

धमलाले आफ्नो गृहजिल्ला धादिङ र मधेस प्रदेश तथा रुकुमका विभिन्न व्यक्तिलाई रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरेको पीडितहरुले नै बताएका थिए ।

मिडियामा अन्तर्वार्ता दिनेहरुको रकम भने पछि धमलाले फिर्ता गरेको पीडितहरुले नै बताएका थिए ।
चेक बाउन्समा परेको जाहेरीबारे प्रतिकृयाका लागि धमलालाई अनलाइन नेपालले पटकपटक सम्पर्क गर्दा उनको फोन उठेन । अनलाइन नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!