२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री लेखक

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण ०३, २०८१

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री लेखक

काठमाडौं । पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको छ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्य घाइते भएका छन्।

अर्थमन्त्री पौडेलका साथै पोखरा महानगर प्रमुख आचार्यको उपचार भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। घाइतेको अवस्था बुझ्दै उनले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सतर्कता अपनाउनुपर्ने बताए।

त्यस्तै पौडेल र आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चिकित्सकहरूले जाँच गरेको र खतरमुक्त रहेको जानकारी दिएको बताए। अर्थमन्त्रीको हात र मुहारमा केही जलन देखिएको उनले बताए।

घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!