२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मुल बढायो,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, फाल्गुण ०३, २०८१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ महँगिएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ सस्तो भएको छ।

निगमले शनिबार, १५ फेब्रुअरी २०२५ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरेको हो। पेट्रोलको खरिद मूल्यमा ५८ पैसा वृद्धि भएकाले उपभोक्ता मूल्य १ रुपैयाँले बढाइएको निगमले जनाएको छ। त्यस्तै, डिजेल र मट्टीतेलको खरिद मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेकाले खुद्रा मूल्यमा ४ रुपैयाँको कटौती गरिएको हो। समायोजित नयाँ मूल्य ३ फागुनको मध्यरातबाट लागू हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!