बर्दिया राष्ट्रिय निकुञ्जमा दाह्रे’ हात्ती मृत अवस्थामा फेला
बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा ‘बर्दिया दाह्रे’ नाम गरेको अन्दाजी ३०/३५ वर्षीय हात्ती मृत अवस्थामा फेला परेको छ ।निकुञ्जको ढकेला क्षेत्रमा मृत अवस्थामा हात्ती फेला परेको हो।
मृत हात्तीको बारेमा थप जानकारी आउन बाँकी छ । निकुञ्ज कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको छ । हात्तीको मृत्युको कारण पत्ता लगाउनको लागि पोष्टमार्टम गरिने जनाइएको छ ।
‘बर्दिया दाह्रे’ हात्तीको मृत्युले निकुञ्जमा रहेका अन्य वन्यजन्तुहरुको सुरक्षाको विषयमा पनि चासो बढाएको छ ।