२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

प्रधानमन्त्री केपी शर्मा ओली बिसाल आम सभालाई सम्बोधन गर्न फागुन ५ गते दाङ आउँदै

Logo
ABC-Sanchar प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली बिसाल आम सभालाई सम्बोधन गर्न फागुन ५ गते दाङ आउँदै

दाङ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार दाङ आउँदै हुनुहुन्छ । प्रधानमन्त्री पदमा बहाल रहेका बेला ओली यो समेत गरेर दाङमा  दोस्रो पटक आउन लाग्नु भएको हो । यस अघि प्रधानमन्त्रीमा बहाल रहेकै समयमा २०७७ माघ १२ गते पार्टी फुटको सङ्घारमा रहेका बेला दाङको लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्न आउनु भएको थियो । त्यस बाहेक अन्य समयमा पनि पार्टीको अध्यक्ष लगायतका विभिन्न जिम्मेवारीमा रहँदा दाङको तुलसीपुर र घोराहीमा आयोजित जनसभालाई सम्बोधन गर्न आउनुभएको नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले तुलसीपुर खबरलाई जानकारी दिनुभयो ।

यस्तो छ, ओलीको कार्यक्रम तालिका
यसैबीच दाङमा रहँदा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुई वटा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।  हेलिकप्टर मार्फत दाङमा आउन लाग्नु भएका ओलीले १२ः१५ बजे दाङको देउखुरी स्थित लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने दिउँसो २ बजे घोराहीको सहिद मञ्चमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक भने काठमाण्डौमा बस्ने तय भएको छ । यस अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा नै बस्ने कार्य तालिका रहेको थियो । समय अभावका कारण  प्रतिष्ठानको सिनेट बैठक काठमाण्डौमा बस्ने  कार्य तालिका रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिनुभयो । यसैबीच सुरक्षा अवस्थालाई चुस्त राखिएको लम्सालले जानकारी दिनुभयो ।

कार्यक्रमको तयारी पुरा
यसैबीच नेकपा एमाले दाङले आयोजना गरेको बृहत जनसभाको सम्पूर्ण तयारी पुरा भएको छ । ५० हजार नागरिक उतार्ने तयारीमा रहेको एमाले दाङले घरबाट कार्यक्रम स्थलसम्म आउन जानका लागि यातायातको निःशुल्क व्यवस्था गरेको सचिव श्याम डाँगीले जानकारी दिनुभयो । सभाका लागि मञ्च व्यवस्थापन, स्वंयसेवक परिचालन, माइक तथा साउन्डसिस्टम व्यवस्थापन, प्रचारप्रसार, यातायात व्यवस्थापन लगायतका काम सम्पन्न भैसकेको छ ।  जनसभा अघि घोराहीका चार वटा क्षेत्रबाट बिभिन्न संस्कृति झल्कने झाँकी सहितको र्‍याली निकालिने छ ।

त्यसका लागि पूर्वतर्फ ट्राफिक चोक, दक्षिण तर्फ नेत्रलाल पार्क गुलरियाबाट, उत्तर तर्फ सभाहलबाट र पश्चिम तर्फ रतनपुर चोकमा जम्मा गरेर बृहत् र्‍याली निकालिनेछ । दिउसो १२ बजेदेखी र्‍याली दामोदर चोकमा एकीकृत भएर सहिद गेट हुँदै सभास्थलमा पुग्नेछ । सभामा उपस्थित हुनका लागि पार्टीको वडा कमिटी मार्फत प्रत्येक घरघरमा निमन्त्रणा समेत गरिसकेको र सयौ गाडी माफर्त हजारौ जनता सभामा सहभागी हुने एमाले दाङका सचिव डाँगीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।