२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

अन्तरजातीय विवाह गर्ने जोडीमाथि ज्यादती गर्ने एसएसपी सानुराम भट्टराईमाथि कारबाही हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

 

काठमाडौं । नेपाल प्रहरीका एसएसपी सानुराम भट्टराईमाथि कारबाही हुने भएको छ । अन्तरजातीय विवाह गर्ने सर्लाहीका जोडीमाथि ज्यादती गरेको घटनामा उनकै निर्देशनमा भएको खुलेपछि भट्टराई अनुसन्धानको दायरामा तानिएका हुन् । राष्टिय मानव अधिकार आयोगले यस प्रकरणमा उनको पनि बयान लिएको छ । भट्टराईले आफुले उक्त जोडीलाई पक्राउ गर्न प्रहरी मुम्बई नपठाएको भनेर ढाँटेका छन् ।उनकै निर्देशनमा खटिएको प्रहरीले सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारलाई मुम्बई पुगेर पक्राउ गरेको छ । दलित केटासँग बिहे गरेको भनेर नेहाका बुबाले प्रहरीलाई प्रभावमा पारी त्यसरी पक्राउ गर्न लगाएका हुन् ।
यो घटनामा आयोगले एसपी रुगम कुँवर तथा सहायक हवल्दार इन्द्र पोखरेलसँग पनि बयान लिइसकेको छ । यो घटनामा एसएसपीसहितका प्रहरीको ज्यादती पुष्टि भइसकेको आयोग स्रोत बताउँछ ।पक्राउपछि पनि उनीहरुलाई यातना दिएको विषयमा आयोगले अनुसन्धान गरिरहेको थियो । मुम्बई जाने टोलीमा खटिएका हवल्दार पोखरेल एसएसपी भट्टराई अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा उनको बिशेष घुमुवाका रुपमा खटिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।