२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अधिकारीद्वारा प्रहरी वृत्त सिंहदरबारको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.व.उ विश्व अधिकारीले प्रहरी वृत्त सिंहदरबारको कार्यक्षेत्र अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भएकोले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउनको लागि सबै प्रहरी कर्मचारीहरूले निरन्तर मेहनत, इमान्दारिता र व्यवसायीक निष्ठापूर्वक समर्पण भावका साथ कानुन बमोजिम प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।प्रहरी राज्यको Visible निकायका रूपमा समाजमा सेवा गर्ने संगठन भएको र नागरिकहरूले प्रहरीलाई न्याय, शान्ति र सुरक्षाको प्रतीकको रूपमा हेर्ने गरेकाले प्रहरीले पूर्ण व्यवसायिकता र कर्तव्यनिष्ठताका साथ नागरिकलाई सुरक्षाको प्रत्याभुती हुनेगरी दत्तचित्त भएर सेवामा समर्पित भई प्रहरी सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।