२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी कार्की आएदेखि अपराध नियन्त्रणमा उल्लेख्य काम,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा व्यावसायिक तथा पारदर्शी ढङ्गले काम गरिरहेको बताए ।

उनले भने,”बाँकेमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानून विपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्छौँ ।”

प्रहरी उपरीक्षक कार्कीले राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएको बताउँदै यसलाई साथ दिन सञ्चारकर्मीलाई आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कार्कीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ८ वटै स्थानीय तहमा काम गरीरहेको बताए  ।

उपरीक्षक कार्कीले भने “माघ महिनामा ‘प्रहरीले १४ लाख ४३ हजार १ सय ९६ बराबरको अवैध भन्सार छलिको समान पक्राउ गरी सम्बन्धि निकायलाई बुझाएको छ भने ३२ सय ९७ वटा सवारीसाधनलाई कारबाही गरी २५ लाख ४५ हजार राजश्व सङ्कलन गरेको छ ।” उनले १४६ वटा मुद्दा दर्ता भएको मा १३५ जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताए ।

प्रहरी निरीक्षक शिवा थापाले घरेलु हिंसा सम्बन्धि ४० वटा उजुरी परेकोमा ३३ वटा फछ्र्योट बताउँदै बाँकी ७ वटा अनुसन्धानमा रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!