२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रधानमन्त्री ओली दाङ पुगेर मतदाताको अपमान गरे, पूर्वसञ्चार मन्त्री रेखा शर्मा

Logo
Abc Sanchar प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

 

दाङ । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिंगो मतदाता प्रतिको अपमान गरेको बताएकी हुन् ।

प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गरिन् ।

आम मतदाताले कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिँदै शंकर पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंङगो दंगाली जनताप्रति नै अपमान गरेकोमा खेत प्रकट गरिन् । २०७४ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै साहारामा चुनाव जितेको प्रधानमन्त्री ओलीले नभुल्न नहुने बताइन् ।

प्रतिनिधि सभा दाङ क्षेत्र नं.२ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेले माओवादी केन्द्रको सहयोग बिना चुनाव जित्न नसक्ने दाबी गरिन् । एमाले पार्टीले विकास गर्ने नाममा जनतालाई ढाटेर कमिसन पाउने आशामा आफू निकटका मान्छेलाई घोराही, तुलसीपुर चारलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण चार लेन सडक बन्न नसकेको प्रतिक्रिया दिइन् ।

२०७९ मंसिरमा प्रतिनिधिसभा चुनावमा दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले १०३ मतले हराएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]