२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

रुपन्देही प्रहरीले विभिन्न स्थानमा चोरीमा संलग्न पाँचजनालाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

 

रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिहरुमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. २, पकडी बस्ने २५ वर्षीया रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीया प्रदीप कान्दु, भारतको महाराजगंज जिल्ला बस्ने १८ वर्षीय शैलेश दुसाद, सोही ठाउँका २३ वर्षीय पंकज सिंह र भारतको महराजगंज स्थित नौतनवा बस्ने ३३ वर्षीय राहुल कुमार जैसवाल छन्।

पक्राउ परेका उनीहरुका साथबाट सुनजस्तो देखिने पहेलो धातुको डल्ला १४.१ तोला, चाँदीजस्तो देखिने धातुबाट बनेका ४ थान पाउजु (११ तोला ५३ लाल), भारतीय रुपैयाँ २४,३९० र नेपाली रुपैयाँ ३,५०० बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, विभिन्न कम्पनीका ४ थान मोबाइल पनि जफत गरिएको छ।

प्रहरीका अनुसार, उनीहरुको बारेमा अनुसन्धान गर्दा चोरीमा संलग्न रहेको पुष्टि भएको दावी गरिएको छ। सबै पाँचैजनालाई जिल्ला अदालत रुपन्देहीबाट चोरीको आरोपमा ५ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिनुभयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।