२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

विद्यालयमा विद्यार्थीहरूलाई मोबाइल फोन प्रगोग गर्न निषेध,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

 

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिकाका स्थित पिपलचौरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय समयमा मोबाइल फोन निषेध गरिएको छ । दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थितिमा अन्तरक्रिया भएको हो ।

सोमबार भएको अन्तरक्रिया पछि भेलाले आगामी दिनमा अभिभावकले विद्यार्थीहरूलाई नियमितरूपमा विद्यालय पठाउनुपर्ने, अनुपस्थित विद्यार्थीबारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने निर्णय गरेकाे छ ।

दुहुँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्रबहादुर बमका अनुसार कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीहरूले विद्यालय शिक्षा सुधारका लागि सुझाव पेश गर्ने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिंह बोहराले विद्यालयको वर्तमान अवस्था र नतिजा सुधारका लागि विद्यालयले चालू शैक्षिक सत्रमा सञ्चालन गरेका प्रयासहरूबारे जानकारी गराउनुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।