१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके ट्राफिकले दुर्घटना न्युनिकरणका लागि सुरु गर्यो हरेक दिन प्रशिक्षण कार्यक्रम

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

महेन्द्र सिंह
नेपालगन्ज मंसिर ३० जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरणका लागि नयाँ अभियान सुरु गरेको छ। जिल्लामा बढदै गएको दुर्घटनालाई न्युनिकरणका लागि बाँके ट्राफिकले हरेक दिन प्रशिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।उनका अनुसार बाँके जिल्लाभर रहेका ट्राफिक प्रहरी बिटले समेत प्रशिक्षण कार्यक्रम दिने छन् ।प्रशिक्षण कार्यक्रममा विद्यार्थी, सवारी चालक र अटो चालक, सम्बन्धित स्थानका स्थानियहरुलाई समेत दुर्घटना न्युनिकरणका बारेमा जनचेतना दिइने भएको छ।ट्राफिक प्रहरीले केही दिन अघि देखीनै सो कार्यक्रम सुरु गरिसकेको छ। दुर्घटना न्युनिकरणमा सहयोग पुगोस भनेर यस्ता खाले कार्यक्रम लिएर आएको र यसले जनचेतनामा समेत अभिबृद्दी हुने ट्राफिक प्रमुख बमले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!