२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

क्यासिनोबाट एक नेपाली नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०८, २०८१

 

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगञ्जस्थित आदर्शनगरका दुई क्यासिनो – लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनो – को अनुगमन गरेका छन्। अनुगमनका क्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ।

मुख्यमन्त्री सिँहले पछिल्लो समय नेपाली नागरिकहरूले क्यासिनोमा जुवातास खेल्दा गम्भीर सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक समस्या भोग्नु परेको भन्दै त्यसको निगरानी बढाउन पहल गरेका हुन्। विशेषगरी, हालै एक नेपाली नागरिकले क्यासिनोमा ४० लाख रुपैयाँ गुमाएको घटनाबारे जानकारी पाएपछि उनले बुधबार अनुगमन गरेका थिए।

नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश वर्जित छ। तर, अनुगमनका क्रममा क्यासिनोहरूमा प्रवेश व्यवस्थापन प्रणाली व्यवस्थित नभएको पाइएपछि मुख्यमन्त्री सिँहले ती क्यासिनो सञ्चालकहरूलाई आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]