बाँके । नेपालगंज उपमहानगरपालिका २२ राँझा स्थित रहेको नेपालगंज बिमानस्थलमा काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा अभ्यास सम्पन्न भएको छ ।

उक्त अभ्यास नेपाली सेना,नेपाल प्रहरी,नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरीक उड्यनका पदाधिकारी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थित र सहकार्यमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारीअनुसार दिएको छ ।