२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा कठ्याङ्ग्रीदो जाडो शीतलहर बाक्लो हुस्सुले जनजीवन प्रभावित

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

महेन्द्र सिंह
बाँके पुस १ नेपालगन्जमा सितलहर र बाक्लो हुस्सु सुरु भएपछि जनजीवन प्रभावित भएको छ । बिहानै देखि सुरुभएको सितलहरले बाँकेको जिल्ला जनजीवन प्रभावित भएको छ। कठ्याङ्ग्रीदो जाडो अनि सितलहर सँगै चलेको चिसो हावाका कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन।
सितलहर अनि जाडोका कारण बिहान स्कुल एवम कलेज पढ्ने विद्यार्थीहरु, कलेज पढाउने शिक्षकहरु लगायत बिहानै काम गर्ने मजदुरहरु धेरै प्रभावित बनेका छन। सितलहरका कारण बृद्ध–बृद्धा र केटाकेटीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सितलहरसंगै अत्याधिक जाडो बढेपछि बालबालिकाहरुमा निमोनिया र स्वासप्रश्वासको संक्रमण बढेको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण सितलहरले गर्दा जनजीबन प्रभावित भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । सितलहर बढेपछि स्थानीय बासिन्दाहरुले बिहानपख ठाउँ ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् ।
सितलहरका कारण मानिस मात्र होइन तरकारी बाली आलु, टमाटर र सागपातमा समेत असर पुर्याएको तरकारी व्यावसायि गोमा चौधरीले बताइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!