२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाथीभरा क्षेत्रमा दिनहुुँ झडप विरोध आन्दोलन नरोकिएपछि प्रशासनले निषेधाज्ञा जारी गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

ताप्लेजुङ । धार्मिक पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा जारी आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकले आज (आइतबार) बिहान ५ बजेबाट लागू हुने गरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । ‘नो केबलकार’ पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीयस्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

ताप्लेजुङमा केबलकार निर्माण गरिनु पर्छ भन्नेहरू र केबलकार बन्न हुँदैन भन्नेहरूका बीचमा दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । केही दिनयता ताप्लेजुङमा ‘नो केबलकार’ पक्षले केबलकार निर्माणको विरोधमा आन्दोलन गर्दै आएको छ । दुवै पक्षले आन्दोलन थालेपछि केही स्थानमा झडप समेत हुन थालेको छ ।

निषेधाज्ञा क्षेत्रको सीमा

१. फुङलिङ नगरपालिका बजार क्षेत्र

पूर्व ः फुङलिङ–७, सल्लेरी
पश्चिम : फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म)
उत्तर ः फुङलिङ–४, उकालीपानी
दक्षिण : फुङलिङ–६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)

२. काफ्लेपाटी–बल्लुडाँडा क्षेत्र

पूर्व : पर्यटक प्रहरी भवनको १०० मिटर इलाका
पश्चिमः बल्लुडाँडा र डडेले इलाका
उत्तर : केबलकार बेस स्टेशन
दक्षिण : नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!