२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगंज उपमहानगरपालिकाले नगर प्रहरी असई र जवानको भर्नामा पैसाको चलखेलको खुलासा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

बाँके । नेपालगंज उप–महानगरपालिकाले भर्ना गर्न लागेको नगर प्रहरी असई र जवान तहको भर्नामा चलखेल बढेको खुलासा भएको छ । सार्वजनिक सूचना मार्फत भर्ना गर्न लागेको उप–महानगरका मेयर र उपमेयरले योग्यता नपुगेका आफ्ना मान्छेलाई भर्ना गर्न दवाब दिएको खुलासा भएको हो ।

छनौटको जिम्मा नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र बाँके प्रहरीलाई दिएपनि मेयर र उपमेयरले योग्यता नपुगेका आफ्ना निकट व्यक्तिलाई पास गराउन दवाब दिएको बुझिएको छ । उपमहानगरपालिकाको एक उच्च श्रोतका अनुसार भर्ना छनोटका क्रममा स्वास्थ्य परिक्षणमा योग्यता नपुगेका आफ्ना ब्यक्तिलाई भर्ना गर्न जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत मेयर र उपमेयर धाउन थालेका छन् । श्रोत भन्छ, ‘आफ्ना मान्छेको शारिरिक योग्यता र क्षमता नपुगेपछि मेयर र उपमेयर छनोटको जिम्मा पाएको प्रहरी र प्रशासन धाउन थाल्नु भएको छ । आफ्ना निकटकलाई पास बनाउन चलखेल सुरु भएपछि योग्य ब्यक्ति पाखा लाग्ने निश्चित । जन प्रतिनिधिले पैँसाको चलखेलसमेत गरेको देखिन्छ ।’

नेपालगंजका मेयर र उपमेयर पछिल्लो समय कमाउ धन्दामा लागेको उपमहानगर श्रोतले जनाएको छ । प्रहरी भर्नाको लागि सूचना जारी गरे पनि ठेकेदार कम्पनीलाई जिम्मा दिएर रकम असुल्ने योजना बनाएको खुलासा भएको छ । ’नगर प्रहरी भनिए पनि निजि कम्पनिलाई ठेक्कामा दिएर उसकै मातहतमा रहने गरि उपमहानगरले जिम्मा दिदैछ,’ श्रोत भन्छ, ’नगर प्रहरी भर्नाको नाममा रकमको बार्गेनिङ्ग भइरहेको देखिन्छ ।’

जनप्रतिनिधिको मिलोमतोका कारण यसपालीको नगर प्रहरी भर्ना निश्पक्ष नहुने भएको छ । जसरी पनि आफ्ना निकटकालाई जागिरी खुवाउने मनसाय मेयर र उपमेयरले बनाएका कारण यसपालीको नगर प्रहरी निश्पक्ष नहुने नगर प्रहरीका लागि आवेदन दिएको एक जनाले बताए । उनले नाम नखोल्ने शर्तमा भने, ‘योग्य र योग्यता पुगेकालाई भन्दा आफ्ना मान्छेलाई जागिरी खुवाउनु पर्छ भन्ने मानसिकता जनप्रतिनिधिले बोकेकोले यसपालीको नगर प्रहरी भर्ना निश्पक्ष हुनेमा शंका गर्ने ठाउँ भएको छ,’ उनले भने ।
पहिलो चरणको स्वास्थ्य परीक्षण शुक्रवारबाट सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।