२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की बाँके बासीहरुलाई जथाभावी फोहोर नफाल्न घरदैलो अभियानमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

बाँके । अब्यबस्थित सडक पेटी र सडकलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत उनी आफै फिल्डमा खटिएर त्रिभुवन चोक आसपासका स्थानीयबासी तथा व्यापारीहरुलाई जथाभावी सडकमा फोहोर नफाल्न आग्रह गरेका हुन् ।

नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक, त्रिबेणी मोड लगायत क्षेत्रलाई सरसफाई र व्यवस्थित बनाउन स्थानीयबासीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो भूमिकाप्रति सचेत हुन उनले आग्रह गरेका छन् । उनले बजार क्षेत्रको अनुगमन गर्दै जथाभावी फोहोर नफाल्न र पैदलयात्रुहरुलाई सडक पेटीमा हिड्न आग्रह पनि गरे ।

जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन जाम हुने समस्या आउने भन्दै ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रबिण आचार्यले स्थानीयबासीलाई ट्राफिक नियम पालना गर्न आग्रह गरे ।

नेपालगन्ज नगर भवनमा अस्थायी प्रहरी पोष्टमा इन्चार्ज असइ कुल बहादुर विक आएपछि त्यसआसपासमा उनले पनि सरसफाई अभियानमा जोड दिएका छन् । जसका कारण त्रिभुवन चोक क्षेत्रमा ट्राफिक व्यवस्थापन समेत चुस्तदुरुस्त भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]