२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपालगन्जको पार्किङ सडक पेटी व्यवस्थित गर्न ट्राफिक इन्चार्ज आचार्य हातमा कुचो र बुरुस लिएर हिने,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

बाँके । नेपालगन्ज ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रबिन आचार्य अस्थाई प्रहरी नगर भवन नेपालगन्जका प्रहरी इन्चार्ज कुलबहादुर बिक जनप्रतिनिधिको संयुक्त टोलीले नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक,त्रिबेणी मोड लगायत क्षेत्रको ट्राफिक पार्किङको व्यवस्थापन गर्न थालेको हो ।जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन जाम भई ब्यापार ब्यबसायमा समेत असर गरेको स्थानीयहरुबाट जन गुनासो आए पछी ।

त्रिभुवन चोकको पूर्वी लाइनमा एकतर्फ मात्र पार्किंग गर्ने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले सदरलाइनको बीच सडकमा पार्किंग गर्ने व्यवस्था मिलाएको ट्राफिक पोष्ट नेपालगन्जका ट्राफिक प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रबिण आचार्यले बताए ।त्रिभुवन चोक, सदरलाइन र त्रिबेणी मोड क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न थालिएको अभियानलाई नियमित गरिने भएको छ । यात्रुको सहजताका लागि उक्त क्षेत्रमा जेब्रा क्रसिङ्गको व्यवस्था समेत गरिने आचार्यले बताए ।ट्राफिक प्रहरीले पैदल यात्रुलाई सडक पेटीवाट हिड्न समेत सिकाउन थालेको छ भने ब्यापारीले सडक पेटीमा राखेको सामान हटाएर आउजाउ गर्न सहज बनाएको छ । ट्राफिक प्रहरीले सडक व्यवस्थित बनाएपछि सदरलाइन, त्रिभुवन चोक र त्रिबेणी मोडका ब्यापारी समेत खुसी भएका छन् । सडक व्यवस्थित बनाउने कार्यलाई नियमित गर्न स्थानीय ब्यापारीले समेत आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।