२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुन पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण १५, २०८१

काठमाडौं । बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका चारजना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।

उनीहरू विमानस्थलको भन्सार चेकजाँचबाट पास भइसकेका थिए। सशस्त्र प्रहरी बल र कर्मचारीलाई भन्सार चेकजाँचको जिम्मा दिइएको छ। तर, यति ठूलो परिणाममा बरामद सुनले भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको लापरवाहीलाई पुन:एकपटक पुष्टि गरेको छ।

भन्सारबाट जाँचपास भइसकेका उनीहरूको गतिविधि शंकास्पद लागेपछि चेकजाँचका क्रममा नेपाल प्रहरीले टर्मिनल गेटबाटै पक्राउ गरेको हो।

प्रहरीका अनुसार उज्बेकिस्तानका नागरिक Akhmadjanovna dilfuza marifalieve , Israilovna saodat fayzieva , Gulamdjanovan umida akhmedov  र Sardor tursunov  पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा तीनजना महिला र एक पुरूष छन्। सुन महिलाको साथबाट बरामद भएको हो। एउटै समूहका भएकाले अनुसन्धानका लागि पुरूषलाई समेत पक्राउ गरिएको हो। एसएसपी राठोरका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यसअघि पनि विमानस्थलको चेकिङबाट सुन बाहिरिने र  बाहिरिएको सुन प्रहरीले बरामद गरेका घटना सार्वजनिक हुँदै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]