०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङमा कठ्याङ्ग्रीदो जाडो शीतलहर बाक्लो हुस्सुले जनजीवन प्रभावित

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

सागर थापा
दाङ पुस १ दाङमा सितलहर र बाक्लो हुस्सु सुरु भएपछि जनजीवन प्रभावित भएको छ । बिहानैदेखि सुरुभएको सितलहरले दाङ जिल्लाको जनजीवन प्रभावित भएको छ। कठ्याङ्ग्रीदो जाडो अनि सितलहर सँगै चलेको चिसो हावाका कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन।
सितलहर अनि जाडोका कारण बिहान स्कुल एवम कलेज पढ्ने विद्यार्थीहरु, कलेज पढाउने शिक्षकहरु लगायत बिहानै काम गर्ने मजदुरहरु धेरै प्रभावित बनेका छन। सितलहरका कारण बृद्ध–बृद्धा र केटाकेटीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सितलहरसंगै अत्याधिक जाडो बढेपछि बालबालिकाहरुमा निमोनिया र स्वासप्रश्वासको संक्रमण बढेको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण सितलहरले गर्दा जनजीबन प्रभावित भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । सितलहर बढेपछि स्थानीय बासिन्दाहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् ।
सितलहरका कारण मानिस मात्र होइन तरकारी बाली आलु, टमाटर र सागपातमा समेत असर पुर्याएको तरकारी व्यावसायि गोमा चौधरीले बताइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]