२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा कठ्याङ्ग्रीदो जाडो शीतलहर बाक्लो हुस्सुले जनजीवन प्रभावित

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

सागर थापा
दाङ पुस १ दाङमा सितलहर र बाक्लो हुस्सु सुरु भएपछि जनजीवन प्रभावित भएको छ । बिहानैदेखि सुरुभएको सितलहरले दाङ जिल्लाको जनजीवन प्रभावित भएको छ। कठ्याङ्ग्रीदो जाडो अनि सितलहर सँगै चलेको चिसो हावाका कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन।
सितलहर अनि जाडोका कारण बिहान स्कुल एवम कलेज पढ्ने विद्यार्थीहरु, कलेज पढाउने शिक्षकहरु लगायत बिहानै काम गर्ने मजदुरहरु धेरै प्रभावित बनेका छन। सितलहरका कारण बृद्ध–बृद्धा र केटाकेटीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सितलहरसंगै अत्याधिक जाडो बढेपछि बालबालिकाहरुमा निमोनिया र स्वासप्रश्वासको संक्रमण बढेको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण सितलहरले गर्दा जनजीबन प्रभावित भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । सितलहर बढेपछि स्थानीय बासिन्दाहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् ।
सितलहरका कारण मानिस मात्र होइन तरकारी बाली आलु, टमाटर र सागपातमा समेत असर पुर्याएको तरकारी व्यावसायि गोमा चौधरीले बताइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]