२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

रक्सीको नसामा नेपाल प्रहरीका एक इन्सपेक्टरले हवल्दारमाथि कुटपिट गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

 

पर्सा । बिरगंज जिल्ला ट्राफिक कार्यालय,पर्सामा कार्यरत हवल्दार महेशदत्त बढुमाथि इन्सपेक्टर शंकर श्रेष्ठले कुटपिट गरेका हुन्।

घटना शुक्रबार बेलुका वीरगञ्जको मकालु होटलमा भएको हो। हवल्दार बढु पनि त्यहाँ आयोजित भोजमा पुगेका थिए।

इन्सपेक्टर श्रेष्ठ काठमाडौंबाट सो होटलमा पुगेका हुन्। उनी नगर प्रहरी, भृकुटीमण्डपमा कार्यरत छन्।

सानो दर्जाको व्यक्ति भएर ठूला कुरा गरेको भन्दै उनले हवल्दार बढुमाथि गालीगलौच गरी कुटपिट गरेको स्रोत बताउँछ ।

यस विषयमा हवल्दार बढुले उजुरी गरेका छन्। सो भोजमा धेरै व्यक्तिहरु सहभागी थिए।

इन्सपेक्टरको सो व्यवहारले सिंगो प्रहरी नै बदनाम भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!