२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कंगोमा तैनाथ नेपाली शान्ति सैनिक टोली १६२ जना प्रस्थान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको संयुक्त राष्ट्रसंघीय स्टेबलाइजेसन मिसनमा तैनाथ हुन नेपाली शान्ति सेनाको एउटा टोली शुक्रबार त्यसतर्फ गएको छ।

नेपाली सेनाका अनुसार श्री चण्डीदल गण ३१ औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकको छैटौं तथा अन्तिम टोली सेनानी रत्नबहादुर श्रेष्ठको नेतृत्वमा गएको हो। उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा मिसन इलाका प्रस्थान गरेको छ।हाल कंगो मिसनमा नेपाली सेनाको एउटा गण, दुई वटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षकसहित १ हजार १ सय ४९ जना शान्ति सैनिक कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।