२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

सर्लाहीमा सुरुङ खनेर एकै रातमा पाँच वटा घरमा चोरी,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

 

सर्लाही । जिल्लाको कौडेना गाउँपालिका ६, सक्रौलबाट चोरको समूहले श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायका घरहरूमा चोरी गरेको घटना दर्ज भएको छ।

पाँचवटा घरहरूमा घरभित्र रहेका गरगहना, नगद लगायतका सरसामग्री चोरी भएको सूचना पीडितहरूले दिएका छन्। कतिपय स्थानीयका अनुसार अज्ञात व्यक्तिहरूले आँखामा नसालु पदार्थ छर्किएर लुटपाट गरी फरार भएको समेत जनाइएको छ। साथै, चोरको समूहले घरभित्र रहेका बाकस, कपडा आदिका सरसामग्री खेतमा लगेर फालेको पाइएको छ।

जिल्लामा श्रृङ्खलावद्धरुपमा चोरीका घटनाहरू बढिरहेकाले, जिल्ला प्रहरी कार्यालय सर्लाहीले सक्रौल गाउँमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!