२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

एसएसपी विश्व अधिकारीले व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरीलाई निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

बिहीबार परिसरको सभाहलमा ‘Operation 9 And Workstreams’ विषयक एक दिने कार्यशाला गोष्ठीमा एसएसपी अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

उनले ‘One Team – One Theme’ को अवधारणालाई आत्मसात् गर्दै व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए ।

उनले प्रहरी सेवाले व्यावसायिक निष्ठालाई अनुसरण गर्दै सरोकारवाला निकायहरूसँगको सहकार्यमा समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम राख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा एसएसपी अधिकारीले ‘Operation 9’ को आधारभूत अवधारणा ‘NINE: Nurturing Integrity – Networked Enforcement’ रहेको बताउँदै कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यसलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

सुरक्षित उपत्यका निर्माणका लागि ल्याइएको यस अवधारणाले नेपाल प्रहरी संगठनको ‘सत्य, सेवा, सुरक्षणम्’ को लक्ष्यलाई मूर्तरूप दिन मद्दत गर्ने उनको भनाइ थियो ।

उक्त गोष्ठीमा परिसर मातहतका प्रहरी कार्यालयका प्रमुखहरुले आफ्नो क्षेत्रभित्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!