२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भबर बोक्ने सवारी शाधनलाई ५ लाख जरिवाना नयाँ व्यवस्था प्रस्ताव विधेयक सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

काठमाडौँ । सरकारले संघीय सडक सञ्जाल, प्रादेशिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी तीन किसिमले सार्वजनिक सडकलाई वर्गीकरण गरेको छ । प्रस्तावित ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत सडकको वर्गीकरण गरी तीनै तहको सरकारले सडक सञ्चालन तथा व्यवस्थापन गर्ने प्रावधान ल्याइएको हो ।

यसअघि राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्ग गरी तीन किसिमले सडकको वर्गीकरण गरिएको थियो । तर अब सुरक्षित भरपर्दो, स्तरीय र किफायती सडक सञ्जालको विकास गर्न उक्त प्रावधान ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त विधेयक सार्वजनिक गर्दै थप राय तथा सुझाव माग गरेको छ ।

विधेयकमा संघीय सडक सञ्जालअन्तर्गत द्रुतमार्ग (एक्सप्रेस वे), राष्ट्रिय राजमार्ग  र सरकारले तोकेको सामरिक महत्वका अन्य सडक रहेका छन् । यसैगरी प्रादेशिक सडक सञ्जालअन्तर्गत प्रादेशिक राजमार्ग र प्रादेशिक सडक पर्छन् । यसैगरी सहरी सडक, ग्रामीण सडकलाई स्थानीय सडकको रूपमा लिइएको छ ।

संघीय सडक सञ्जालअन्तर्गत सडक निर्माण, स्तरोन्नति, मर्मतसम्भार, सञ्चालन दायित्व सडक विभागको रहनेछ । यसैगरी प्रादेशिक सडक सञ्जालअन्तर्गत सडक संघीय सरकारको अधीनमा रही प्रदेश सरकारले तोकेको निकायले सडक निर्माण, मर्मतसम्भार स्तरोन्नति, सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

यसैगरी स्थानीय सडक सञ्जालअन्तर्गत ग्रामीण र सहरी सडकको स्थानीय तहले निर्माण, मर्मतसम्भार, सञ्चालन तथा व्यवस्थापन गर्नसक्ने

सडक सीमाभित्र संरचना बनाउने र बढी वजन बोक्नेलाई पनि ५ लाख जरिवाना

काठमाडौँ । सरकारले संघीय सडक सञ्जाल, प्रादेशिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी तीन किसिमले सार्वजनिक सडकलाई वर्गीकरण गरेको छ । प्रस्तावित ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत सडकको वर्गीकरण गरी तीनै तहको सरकारले सडक सञ्चालन तथा व्यवस्थापन गर्ने प्रावधान ल्याइएको हो ।

यसअघि राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्ग गरी तीन किसिमले सडकको वर्गीकरण गरिएको थियो । तर अब सुरक्षित भरपर्दो, स्तरीय र किफायती सडक सञ्जालको विकास गर्न उक्त प्रावधान ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त विधेयक सार्वजनिक गर्दै थप राय तथा सुझाव माग गरेको छ ।

विधेयकमा संघीय सडक सञ्जालअन्तर्गत द्रुतमार्ग (एक्सप्रेस वे), राष्ट्रिय राजमार्ग  र सरकारले तोकेको सामरिक महत्वका अन्य सडक रहेका छन् । यसैगरी प्रादेशिक सडक सञ्जालअन्तर्गत प्रादेशिक राजमार्ग र प्रादेशिक सडक पर्छन् । यसैगरी सहरी सडक, ग्रामीण सडकलाई स्थानीय सडकको रूपमा लिइएको छ ।

संघीय सडक सञ्जालअन्तर्गत सडक निर्माण, स्तरोन्नति, मर्मतसम्भार, सञ्चालन दायित्व सडक विभागको रहनेछ । यसैगरी प्रादेशिक सडक सञ्जालअन्तर्गत सडक संघीय सरकारको अधीनमा रही प्रदेश सरकारले तोकेको निकायले सडक निर्माण, मर्मतसम्भार स्तरोन्नति, सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

यसैगरी स्थानीय सडक सञ्जालअन्तर्गत ग्रामीण र सहरी सडकको स्थानीय तहले निर्माण, मर्मतसम्भार, सञ्चालन तथा व्यवस्थापन गर्नसक्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित विधेयकमा सडक सीमाभित्र कुनै पनि संरचना बनाए पाँच लाख रुपैयाँ जरिवाना लाग्ने प्रावधान बनाइएको छ । यसअघिको विधेयकमा यस्तो कार्य गरे पाँच हजार रुपैयाँ मात्र जरिवाना लाग्ने व्यवस्था थियो ।

प्रस्तावित विधेयकमा संघीय सडक सञ्जालअन्तर्गत सडकमध्ये द्रुत राजमार्गको सडक सीमा सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ ५०–५० मिटरसम्म र तलमाथि दुवैतर्फ ५० मिटरसम्म रहने उल्लेख छ ।

संरचना सीमा दायाँ–बायाँ दुवैतर्फ ६–६ मिटर हुनुपर्ने प्रावधान व्यवस्था गरेको छ । यसैगरी राष्ट्रिय राजमार्गको सडक सीमा सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ २५–२५  मिटरसम्म र तलमाथि पनि २५–२५ मिटरसम्म र संरचना सीमा ६–६ मिटर पर हुनुपर्ने प्रावधान ल्याइएको छ ।

यसैगरी प्रस्तावित विधेयकमा प्रदेश राजमार्गको सडक सीमा संघीय सडक सञ्जालका सडकसँग मेल खाने गरी सडकको केन्द्र रेखादेखि २५–२५ मिटरसम्म र संरचना सीमा कम्तीमा तीन मिटर पर हुने गरी सरकारले गरेको मापदण्डअनुरूप प्रदेश सरकारले तोक्ने प्रावधान छ ।

साथै स्थानीय सडक सञ्जालको सडक सीमा संघीय तथा प्रादेशिक सडक सञ्जालका सडकसँग मेल खाने गरी सडकको केन्द्रसम्म २५–२५ मिटर र संरचना सीमा एक मिटरदेखि ५० सेन्टिमिटरसम्म हुने प्रावधान छ ।

तर सार्वजनिक सडकका पुल तथा पुलको वारपार नदीको तटबन्ध सुरक्षाका लागि पुलको केन्द्र रेखाबाट नदीको माथिल्लो र तल्लो भेगतर्फ पाँच सय मिटरसम्मको सडक सीमा तोक्न सकिनेछ । तर फासलाभित्र संघीय सडक सञ्जालभित्रको पुलको हकमा सम्बन्धित प्रदेश सरकारले तोकेको निकायबाट र स्थानीय सडक सञ्जालभित्रको पुलको हकमा स्थानीय सरकारबाट अनुमति नलिई खानीजन्य उत्खनन वा प्रशोधन गर्न पाइने छैन ।

तर सडक र पुलको संरक्षणका लागि सम्बन्धित सडक कार्यालयले तोकिएबमोजिम तयार प्राविधिक प्रतिवेदनका आधारमा खानीजन्य उत्खनन तथा प्रशोधन गर्न पाइनेछ ।

सडक सीमा तोकिएको सडकको फासलाभित्र अस्थायी पर्खालबाहेक अन्य कुनै संरचना निर्माण गर्न पाइने छैन । उक्त प्रावधानविपरीत संरचना वा भवन निर्माण गरे पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी संरचना निर्माण गर्दा सडकमा कुनै क्षति पुगे सडक निर्माण गर्ने कार्यालयले क्षतिबराबर रकम सम्बन्धित व्यक्ति वा संस्थाबाट भराउने प्रावधान छ ।

सार्वजनिक सडकको निर्माण वा विस्तारका लागि सडक सीमाको निमित्त वा अन्य यातायातसँग सम्बन्धित सार्वजनिक संरचना निर्माणका निम्ति कुनै जग्गा प्राप्त गर्नुपरे सडक कार्यालयले जग्गा प्राप्तीसम्बन्धी प्रचलित कानुनबमोजिम प्राप्त गर्न सक्नेछ । जग्गा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]