२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेर विवाह नगर्ने सिराहाका एक प्रहरी जवान पक्राउ,

Logo
Abc Sanchar प्रकाशित सोमबार, फाल्गुण १९, २०८१

 

सिरहा । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’

उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए।उनले ती महिलालाई ‘डिभोर्स’ गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ । ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए ।

अहिले उनलाई कोठाबाट समेत निकालिएको स्रोतले जनाएको छ । त्यसपछि महिलाले जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!