२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आगामी चैत ५ गतेदेखि नेपाल प्रहरीका ९ जना अधिकृतहरु अनिवार्य अवकाशमा जाँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २०, २०८१

 

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना नायब महानिरीक्षक (डिआईजी) अवकाशमा जान लागेका हुन् ।उनीहरु सबै २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यही ब्याचका अधिकांश उमेर हदका कारण यसअघि नै अवकाशमा गएपनि नौजना भने १५ दिनपछि सेवा अवधिका कारयण अवकाश हुन लागेका हुन् । उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ ।

अवकाश पाउने एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनकराज भट्टराई रहेका छन् । एआइजी बढुवा सिफारिस भएका भट्टराई हाल कर्णाली प्रदेशको प्रमुख छन् ।

बढुवा भएपछि उनी प्रदेश समन्वय विभागमा छोटो समयका लागि रहनेछन् । भट्टराईले एआईजीमा बढुवा भएर दज्र्यानी चिन्ह लगाउन बाँकी भए पनि अवकाशको पत्र भने बुझिसकेका छन् ।

यस्तै डिआईजीहरु गणेश चन्द, धुव्रराज राउत र भोलाबहादुर रावलले समेत अवकाश पाउँदैछन् । जसमध्ये रावल गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा, चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सुर्खेत र रावत उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

यसअघि उमेरहदका कारण कुँवरकै ब्याचमेट एआईजीहरु सन्दीप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली, केदार ढकाल, किरण बज्राचार्य र डिआईजीहरु पोषराज पोखरेल, राजेश बास्तोला, विष्णु कुमार केसीलगायतले अवकाश पाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]