०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

करोडौंको योजना भित्र्याए सांसद अथकले आफ्नो निवार्चन क्षेत्रमा

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

कृष्ण चौधरी
कोहलपुर पुस २ बाँके निर्वाचन क्षेत्र १ मा केही महत्वपूर्ण र दीर्घकालिन महत्व राख्ने योजनाहरु सञ्चालन हुने भएका छन्। अर्थ मन्त्रालय र राष्ट्रिय योजनामार्फत केही ठूला योजनाहरु सञ्चालन हुन लागेका हुन्। अर्थ मन्त्रालयको विशेष र समपुरक अनुदानमा बाँके निर्वाचन क्षेत्र १ मा सिकलसेल एनीमियाको ल्याव, विद्यादयको भवन, दलित आयआर्जनका कार्यक्रम, सडक निर्माण तथा कालोपत्रे लगाएका योजनाहरु सञ्चालन हुने भएका हुन्।
कोहलपुर नगरपालिकामा सिकलसेल एनीमियाको ल्याव स्थापनाका लागि तीन करोड २१ लाख, सरस्वति माध्यामिक विद्यालयको भवन निर्माणका लागि ५३ लाख ६७ हजार र दलित आयआर्जनका लागि बाख्रा वितरण कार्यक्रमका लागि नरैनापुर गाउँपालिनकामा १ करोड रुपैया विशेष अनुदान पाएको छ।
यस्तै कोहलपुर रिङरोड निर्माणका लागि ९१ लाख ५५ हजार, कोहलपुर साझाचोक देखि पूर्वदिपशिखा स्कूल हुँदै नगरविकासको सिमानासम्म सडक कालोपत्रे गर्न ४१ लाख २९ हजार, हुलाकी सडक देखि वरफानी वावा मन्दिर जाने बाटोमा १ करोड ८८ लाख र रोसन पूर्वदेखि हुलाकी सडक हुँदै रंगशाला जाने बाटो निर्माणका लागि ४३ लाख २६ हजार रकम समपुरक अनुदान पाएको छ।
बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद महेश्वर गहतराज ‘अथक’ को विशेष पहलमा यस निर्वाचन क्षेत्रमा सात धेरै राम्रा र महत्वाकांक्षी योजनाहरु सञ्चालन हुन लागेको उनका स्वकिय सचिव दिलिप सोनीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!