२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

करोडौंको योजना भित्र्याए सांसद अथकले आफ्नो निवार्चन क्षेत्रमा

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

कृष्ण चौधरी
कोहलपुर पुस २ बाँके निर्वाचन क्षेत्र १ मा केही महत्वपूर्ण र दीर्घकालिन महत्व राख्ने योजनाहरु सञ्चालन हुने भएका छन्। अर्थ मन्त्रालय र राष्ट्रिय योजनामार्फत केही ठूला योजनाहरु सञ्चालन हुन लागेका हुन्। अर्थ मन्त्रालयको विशेष र समपुरक अनुदानमा बाँके निर्वाचन क्षेत्र १ मा सिकलसेल एनीमियाको ल्याव, विद्यादयको भवन, दलित आयआर्जनका कार्यक्रम, सडक निर्माण तथा कालोपत्रे लगाएका योजनाहरु सञ्चालन हुने भएका हुन्।
कोहलपुर नगरपालिकामा सिकलसेल एनीमियाको ल्याव स्थापनाका लागि तीन करोड २१ लाख, सरस्वति माध्यामिक विद्यालयको भवन निर्माणका लागि ५३ लाख ६७ हजार र दलित आयआर्जनका लागि बाख्रा वितरण कार्यक्रमका लागि नरैनापुर गाउँपालिनकामा १ करोड रुपैया विशेष अनुदान पाएको छ।
यस्तै कोहलपुर रिङरोड निर्माणका लागि ९१ लाख ५५ हजार, कोहलपुर साझाचोक देखि पूर्वदिपशिखा स्कूल हुँदै नगरविकासको सिमानासम्म सडक कालोपत्रे गर्न ४१ लाख २९ हजार, हुलाकी सडक देखि वरफानी वावा मन्दिर जाने बाटोमा १ करोड ८८ लाख र रोसन पूर्वदेखि हुलाकी सडक हुँदै रंगशाला जाने बाटो निर्माणका लागि ४३ लाख २६ हजार रकम समपुरक अनुदान पाएको छ।
बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद महेश्वर गहतराज ‘अथक’ को विशेष पहलमा यस निर्वाचन क्षेत्रमा सात धेरै राम्रा र महत्वाकांक्षी योजनाहरु सञ्चालन हुन लागेको उनका स्वकिय सचिव दिलिप सोनीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]