०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

कोहलपुर महोत्सवमा राजनिति आफुले लगाउँदा ठिक अरुले लगाउँदा बेठिक’

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

एबिसी सम्बादाता
बाँके पुस ३ कोहलपुर महोत्सवमा उद्योग वाणिज्य संघको राजनिति
महोत्सव लगाउने विषयले कोहलपुर तातिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिले महोत्सवको तयारी सुरु गरिसकेको छ । महोत्सवकालागि आवश्यक पुर्वाधार निर्माण सुरु गरिसकेको घरेलुले यहि पौष २४ देखि माघ ५ गतेसम्म ‘तेस्रो प्रादेशिक, ओद्योगिक, लघु, घरेलु कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव-२०७६’ को तालिका सार्वजनिक गरिसकेको छ ।
घरेलुका अलावा होटल ब्यवसायी संघ बाँके र उद्योग वाणिज्य संघले समेत महोत्सव संचालनकालागि मिति सार्वजनिक गरिसकेका छन । तर अन्तिम समयमा आएर वाणिज्य संघले महोत्सवका कारण कोहलपुरको सुरक्षा ब्यवस्थामा खलल पुग्ने भन्दै विज्ञप्ती सार्वजनिक गरेको हो । बिगतका वर्षमा एकलौटी रुपमा महोत्सव लगाउँदै आएको कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवका कारण कोहलपुर क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने धारणा सार्वजनिक गरेसँगै कोहलपुरको माहोल तातिएको हो ।
मंसिर २८ गते एक विज्ञप्ती जारी गर्दै वाणिज्य संघले महोत्सव नलगाउन अप्रत्यक्ष रुपमा सबैलाई उर्दी जारी गरेको हो । वाणिज्य संघको यस्तो रवैया प्रति स्वयं ब्यापारीहरु असन्तुष्ट देखिएका छन ।
यसैबिच पौष २४ देखि माघ ५ गतेसम्म महोत्सव संचालनको तयारीमा रहेको घरेलु महासंघले महोत्सवका नाममा वाणिज्य संघले राजनिति गर्न खोजेको बताएको छ । घरेलु महासंघ कोहलपुर समितिका महासचिव चिन्तामणी उपाध्यायले वाणिज्य संघले महोत्सव लगाउन नसक्ने स्थिती देखेपछि अरुलाई समेत रोक्ने प्रयास भईरहेको भन्दै वाणिज्य संघको विज्ञप्तीले आफुहरुलाई कुनै प्रभाव नपरेको स्पष्ट पारे । एउटै हैसियतका संस्थाहरुको अस्वित्व स्विकार्न नसकेको वाणिज्य संघले महोत्सवका नाममा राजनिति गर्न खोजेको आचार्यले दावी गरे । महोत्सव संचालनकालागि सबै तयारी पुरा भईसकेकाले निर्धारित मिति मै महोत्सव संचालन गरिने आचार्यले दावी गरे ।
वाणिज्य संघले हेपाहा मानसिकताबाट विज्ञप्ती जारी गरेको होटल ब्यवसायी संघ कोहलपुर बाँकेका अध्यक्ष एक नारायण चापागाँईले बताए । घरेलुको महोत्सव लगत्तै फुड फेस्टीभल तथा कोहलपुर महोत्सव लगाउने तयारीमा जुटेको होटल ब्यवसायी संघ वाणिज्यको विज्ञप्तीबाट पछि नहट्ने चापागाँईले स्पष्ट पारे । सधैं एउटै संस्थाले मात्र महोत्सव लगाउनुपर्ने मानसिकताबाट बाहिर निस्कन समेत उनले सबैलाई आग्रह गरेका छन । चापागाँईले निर्धारित मितिमै महोत्सव संचालन गर्ने गरी तयारी सुरु गरिएको जानकारी दिए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!