२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बर्दिया प्रहरी प्रमुख बास्तोलाबाट पुरस्कृत भए इन्सपेक्टर सुनार

Logo
प्रकाशित शुक्रबार, पुष ०४, २०७६

महेन्द्र सिंह (क्राईमबिट)
बर्दिया पुस ४ बर्दिया इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रहरी निरीक्षक ईन्द्रजित सुनार कार्यालय प्रमुखतर्फ मंसीर महीनाको ‘पुलिस अफ द मन्थ’बाट पुरस्कृत भएका छन्।
बिहिबार जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित एक कार्यक्रममा प्रहरी निरीक्षक सुनारलाई बर्दिया जिल्ला प्रहरी प्रमुख, एसपी राजेशनाथ बाँस्तोलाले पुरस्कृत गरेका छन ।
अपराध अनुसन्धानमा तदारुकता, शान्ति सुरक्षा कायम, फरार अभियुक्त पक्राउलगायतका समग्र कार्यसम्पादनको आधारमा ‘पुलिस अफ द मन्थ’ चयन गरेर पुरस्कार प्रदान गर्ने गरिन्छ।
इन्सपेक्टर सुनारले गएको २३ साउनमा इप्रका मोतिपुरको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। यसबीचमा इप्रका मोतिपुरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १०१ कार्यक्रमहरु पनि गर्दै आएको बर्दिया प्रहरी प्रमुख एसपी बास्तोलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।