२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया प्रहरी प्रमुख बास्तोलाबाट पुरस्कृत भए इन्सपेक्टर सुनार

Logo
प्रकाशित शुक्रबार, पुष ०४, २०७६

महेन्द्र सिंह (क्राईमबिट)
बर्दिया पुस ४ बर्दिया इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रहरी निरीक्षक ईन्द्रजित सुनार कार्यालय प्रमुखतर्फ मंसीर महीनाको ‘पुलिस अफ द मन्थ’बाट पुरस्कृत भएका छन्।
बिहिबार जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित एक कार्यक्रममा प्रहरी निरीक्षक सुनारलाई बर्दिया जिल्ला प्रहरी प्रमुख, एसपी राजेशनाथ बाँस्तोलाले पुरस्कृत गरेका छन ।
अपराध अनुसन्धानमा तदारुकता, शान्ति सुरक्षा कायम, फरार अभियुक्त पक्राउलगायतका समग्र कार्यसम्पादनको आधारमा ‘पुलिस अफ द मन्थ’ चयन गरेर पुरस्कार प्रदान गर्ने गरिन्छ।
इन्सपेक्टर सुनारले गएको २३ साउनमा इप्रका मोतिपुरको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। यसबीचमा इप्रका मोतिपुरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १०१ कार्यक्रमहरु पनि गर्दै आएको बर्दिया प्रहरी प्रमुख एसपी बास्तोलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!