प्रकशित मिति : ७ पुष २०७६, सोमबार २२:०८

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट भिस्वाले साेमबार बिहान २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ।
नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो।
बिहान ४:१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए। बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com