२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

राजनीतिकि कारण रोकियो नेपाल प्रहरीको एसएसपीको बढुवा कोको छ्न लाईनमा नाम सहित

Logo
प्रकाशित मंगलबार, पुष ०८, २०७६


(सागर थापा) काठमाडौं ८ पुस सर्वोच्च अदालतले तीन महिना अगाडि नै नेपाल प्रहरीको रिक्त दरबन्दी खाली नराख्न आदेश दिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।
नेपाल प्रहरीमा अझै केहि समय रिक्त दरबन्दी पूर्ति हुने देखिएको छैन । बरु रिक्त दरबन्दीमा आफूलाई पुर्याउन भित्रि रुपमा ‘लविङ’ को काम भने भइरहेको स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी खाली भएको नौं महिना नाघिसकेको छ । प्रहरीमा बढुवा प्रक्रिया अघि नबढ्दा अबको चार दिनपछि यो संख्या नौं पुग्दैछ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय पनि एसएसपी बढुवा चासो दिएको छैन । यी दुवै निकाय निष्कृय रहँदा वरिष्ठ प्रहरीहरूको बढुवा रोकिएको स्रोतले बताएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी प्रधान कार्यालयसहित अहिले ६ वटा प्रशासनिकतर्फका एसएसपीको दरबन्दी रिक्त छ । मंसिर ११ गते एसएसपी विभूतिराज पाण्डे र भोजजङ्ग शाहले ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकास पाउँदै छन् ।
संगीत महाविद्यालयको एक प्राविधिक एसएसपी पद खाली रहेकाले जम्मा नौ दरबन्दी खाली छ । बढुवा प्रतिष्पर्धानमा २०५१ सालकै टोलीका प्रहरी उपरीक्षकहरू छन् । केदार ढकाल, कुबेर कडायत, सुदीप गिरी, विष्णु केसी, भरत बोहरा, दुर्गा सिंह, लालमणि आचार्य, किरण राना, रविन्द्र केसी, जनक भट्टराई, अर्जुनजंग ठकुरीलगायत लाइनमा छन् ।
त्यस्तै २०७२ सालमा एसपी बढुवा भएका अशोक सिंह, हृदय थापा, विकासराज खनाललगायत समेत एसएसपी बढुवाको प्रतिष्पर्धानमा छन् । गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, लोकसेवा आयोगसहितको बढुवा समिति छ ।
‘बढुवा प्रक्रिया अघि बढिरहेको छ, केही समय लाग्ला,’ प्रवक्ता विश्वराज पोखरेलले भने । आकांक्षीहरू बढी भएका कारण बढुवामा ‘चलखेल’ भइरहेको गृह स्रोतको दावी छ ।
खाली रहेको कम दरबन्दीमा बढुवाका लागि राजनीतिक शक्तिकेन्द्रको सिफारिस आउन थालेपछि रिक्त दरबन्दी समयमै पूर्ति हुन नसकेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!