२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राजनीतिकि कारण रोकियो नेपाल प्रहरीको एसएसपीको बढुवा कोको छ्न लाईनमा नाम सहित

Logo
प्रकाशित मंगलबार, पुष ०८, २०७६

(सागर थापा) काठमाडौं ८ पुस सर्वोच्च अदालतले तीन महिना अगाडि नै नेपाल प्रहरीको रिक्त दरबन्दी खाली नराख्न आदेश दिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।
नेपाल प्रहरीमा अझै केहि समय रिक्त दरबन्दी पूर्ति हुने देखिएको छैन । बरु रिक्त दरबन्दीमा आफूलाई पुर्याउन भित्रि रुपमा ‘लविङ’ को काम भने भइरहेको स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी खाली भएको नौं महिना नाघिसकेको छ । प्रहरीमा बढुवा प्रक्रिया अघि नबढ्दा अबको चार दिनपछि यो संख्या नौं पुग्दैछ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय पनि एसएसपी बढुवा चासो दिएको छैन । यी दुवै निकाय निष्कृय रहँदा वरिष्ठ प्रहरीहरूको बढुवा रोकिएको स्रोतले बताएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी प्रधान कार्यालयसहित अहिले ६ वटा प्रशासनिकतर्फका एसएसपीको दरबन्दी रिक्त छ । मंसिर ११ गते एसएसपी विभूतिराज पाण्डे र भोजजङ्ग शाहले ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकास पाउँदै छन् ।
संगीत महाविद्यालयको एक प्राविधिक एसएसपी पद खाली रहेकाले जम्मा नौ दरबन्दी खाली छ । बढुवा प्रतिष्पर्धानमा २०५१ सालकै टोलीका प्रहरी उपरीक्षकहरू छन् । केदार ढकाल, कुबेर कडायत, सुदीप गिरी, विष्णु केसी, भरत बोहरा, दुर्गा सिंह, लालमणि आचार्य, किरण राना, रविन्द्र केसी, जनक भट्टराई, अर्जुनजंग ठकुरीलगायत लाइनमा छन् ।
त्यस्तै २०७२ सालमा एसपी बढुवा भएका अशोक सिंह, हृदय थापा, विकासराज खनाललगायत समेत एसएसपी बढुवाको प्रतिष्पर्धानमा छन् । गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, लोकसेवा आयोगसहितको बढुवा समिति छ ।
‘बढुवा प्रक्रिया अघि बढिरहेको छ, केही समय लाग्ला,’ प्रवक्ता विश्वराज पोखरेलले भने । आकांक्षीहरू बढी भएका कारण बढुवामा ‘चलखेल’ भइरहेको गृह स्रोतको दावी छ ।
खाली रहेको कम दरबन्दीमा बढुवाका लागि राजनीतिक शक्तिकेन्द्रको सिफारिस आउन थालेपछि रिक्त दरबन्दी समयमै पूर्ति हुन नसकेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!