२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई ट्राफिक नियम बारे प्रशिक्षण दिदै

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

महेन्द्र सिंह
बाँके पुस ९ नेपालगन्जमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई ट्राफिक नियम बारे प्रशिक्षण दिईएको छ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरणका लागि हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत बुधबार नेपालगन्ज ट्राफिक पोस्टले नेपालगन्जको सुर्खेत रोडमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न सवारी चालकहरुलाई प्रशिक्षण दिएको हो।
बढदै गएको दुर्घटनालाई न्युनिकरणका लागि बाँके ट्राफिकले सुरु गरेको हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत हाम्रो नेपालगन्ज पोस्टले पनि सवारी चालकलाई जनचेतना कार्यक्रम दिएको नेपालगन्जका ट्राफिक प्रमुख प्रहरी ओम पौडेलले बताए।
प्रशिक्षण कार्यक्रममा सहभागी सवारी चालकहरुले यस्ता खाले जनचेतना मुलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताएका थिए।जिल्ला ट्राफिक प्रहरी बाँकेको यो अभियान सगै जिल्लाभर रहेका ट्राफिक प्रहरी बिटले समेत प्रशिक्षण कार्यक्रम दिइरहेका छन् ।
प्रशिक्षण कार्यक्रममा विद्यार्थी, सवारी चालक र अटो चालक, सम्बन्धित स्थानका स्थानियहरुलाई समेत दुर्घटना न्युनिकरणका बारेमा जनचेतना दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!