२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाँके ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई ट्राफिक नियम बारे प्रशिक्षण दिदै

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

महेन्द्र सिंह
बाँके पुस ९ नेपालगन्जमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई ट्राफिक नियम बारे प्रशिक्षण दिईएको छ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरणका लागि हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत बुधबार नेपालगन्ज ट्राफिक पोस्टले नेपालगन्जको सुर्खेत रोडमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न सवारी चालकहरुलाई प्रशिक्षण दिएको हो।
बढदै गएको दुर्घटनालाई न्युनिकरणका लागि बाँके ट्राफिकले सुरु गरेको हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत हाम्रो नेपालगन्ज पोस्टले पनि सवारी चालकलाई जनचेतना कार्यक्रम दिएको नेपालगन्जका ट्राफिक प्रमुख प्रहरी ओम पौडेलले बताए।
प्रशिक्षण कार्यक्रममा सहभागी सवारी चालकहरुले यस्ता खाले जनचेतना मुलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताएका थिए।जिल्ला ट्राफिक प्रहरी बाँकेको यो अभियान सगै जिल्लाभर रहेका ट्राफिक प्रहरी बिटले समेत प्रशिक्षण कार्यक्रम दिइरहेका छन् ।
प्रशिक्षण कार्यक्रममा विद्यार्थी, सवारी चालक र अटो चालक, सम्बन्धित स्थानका स्थानियहरुलाई समेत दुर्घटना न्युनिकरणका बारेमा जनचेतना दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।